प्रधानमन्त्री वालेन्द्र शाहले विद्यार्थीले राजनीति नेताको भिडबाट नभएर गुरुबाट सिक्नुपर्ने बताएका छन् । विद्यालय तथा विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने तथा कर्मचारको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

‘हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भिडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन’, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी चाहन्छौँ विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति, कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन ।’

यो प्रणाली बचाउने, भविष्य बचाउने, देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने, शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने प्रयास भएको उनको भनाइ छ । ‘त्यसैले तपाइहरूकै चाहनाअनुरूप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौँ’, उनले लेखेका छन् ।

यस अभियानमा सबैको साथ र सहयोग चाहिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *