काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले लगातार दोस्रो पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ।

अब पिएसजीले गत संस्करण सेमिफाइनलबाट घर पठाएको आर्सनलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। आर्सनलले एट्लेटिको म्याड्रिडलाई हराउँदै २० वर्षपछि प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो।

सेमिफाइनलको दोस्रो लेगमा म्युनिखको एलिएन्ज एरेनामा भएको खेल पहिलो लेग जस्तो रोमाञ्चक बन्न सकेन। पेरिसमा भएको पहिलो खेलमा प्रशिक्षक लुइस एनरिकको टोलीले ५-४ को अग्रता बनाएको थियो। दोस्रो लेगमा १-१ बराबरी खेल्दा पिएसजीले एतिहासिक दोस्रो पटक उपाधि नजिक पुगेको हो।

बायर्नका स्टार फरवार्ड हेररी केनले इन्जुरी समयमा सिजनको आफ्नो ५५औँ गोल पूरा गरे, तर त्यो गोलले टोलीलाई फाइनल पुर्याउन सकेनन्। प्रशिक्षक भिनसेन्ट कोम्पेनीको लागि यो निकै निराशाजनक रातका रुपमा रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *