सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस भएका छन्।
बिहीवार साँझ प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले उनलाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको परिषद्का दुई सदस्यहरूले बताए।
अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै नेपालको प्रधानन्यायाधीशमा नियुक्त हुन उनी योग्य हुने छन्।