कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर चार किशोरको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका-९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन उनीहरू बिहीबार दिउँसो २ बजेतिर खोलामा डुबेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको डुबेर मृत्यु भएको हो । 

खोलामा सात जना नुहाउन गएकामा चार जना डुबेका हुन् । उनीहरूको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *