तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो।

 ८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा आसिन थिए। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए । 

अमेरिका र इजरायलले शनिबार संयुक्त रुपमा इरानमाथि हमला गरेका थिए । सो हमला खानेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको बताइएको छ । 

आइतबार बिहान, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा खमेनीको मृत्युको दाबी गरेका थिए । ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘इतिहासका सबैभन्दा दुष्ट व्यक्तिहरूमध्ये एक खामेनी अब मरेका छन्।’

उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *