धनगढी फागुन २६ । कैलालीमा इलाका प्रहरी कार्यालय टीकापुरकाे छतबाट खसेर एक प्रहरीकाे मृत्यु भएको छ ।
साेमबार राति करीब ११ बजेतिर कार्यालय भवनकाे छतबाट खसेर अन्दाजी ३० वर्षीय सन्देश चदाराकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले बताए ।नकाअनुसार चदारा बझाङकाे तलकाेट गाउँपालिका-१ का बासिन्दा हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकका शव परीक्षणका लागि टीकापुर प्रादेशिक अस्पतालमा राखिएको छ ।