अनमीलाई कुटपिट गर्ने  बैतडीकाे पुर्चौडी-७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहार पुर्पक्षका लागि कारागार चलान भएका छन्। लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई  चैत २२ गते धनगढी-१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए। भट्टले लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकी थिइन्।

कुटपिटबाट माया भट्टको टाउको र हातमा चोट लागेको थियो। लुहारले इट्टाले भट्टको टाउको र हातमा प्रहार गरेका थिए।

कुटपिट लगत्तै पक्राउ परेका लुहारलाई  कैलाली प्रहरीको हिरासतमा राखेको थियो। लुहार विरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुर्दा गरेको र अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।

‘लुहार विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको हो। अदालतबाट थुनामा पठाउने आदेश भएको छ,’ डिएसपी तिमिल्सिनाले बताए।

कोटिला स्वास्थ्यचौकीमै कार्यरत महरा थरका सहकर्मीसँग फोनमा कुराकानी गरेको भन्दै लुहारले भट्टसँग धनगढी आएर विवाद गरेको पीडित भट्टले बताएकी थिइन्। भट्टले फोन गरेको कल डिटेल हेर्ने भन्दै लुहारले नागरिकता मागेका थिए। भट्टले नागरिकता नदिएपछि उनीमाथि इट्टा प्रहार गर्दै कुटपिट गरिएको भट्ट स्वयंले मिडियामा बोलेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *