काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन् ।

सरकारले विभिन्न ६ वटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको भए तापनि राष्ट्रपतिले हाललाई सहकारीसँग सम्बन्धित अध्यादेश मात्र प्रमाणीकरण गरेका हुन् । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था सहितका अन्य ५ वटा अध्यादेशहरू भने हाल राष्ट्रपति कार्यालयमा ‘होल्ड’ मा रहेका छन्।

सरकारले गत सोमबार ६ अध्यादेशहरू मन्त्रिपरिषद्‌बाट पारित गरी प्रमाणीकरणका लागि शितल निवास पठाएको थियो ।

राष्ट्रपतिले आज संविधानविद्हरूसँग अध्यादेशबारे परामर्श गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *