स्वास्थ्य

बैतडीका स्वास्थ्यकर्मी भण्डारी अचेत अवस्थामै डिस्चार्ज,अत्तरिया हस्पिटलले दिमागको नसा काटेको आशंका
बैतडीका स्वास्थ्यकर्मी भण्डारी अचेत अवस्थामै डिस्चार्ज,अत्तरिया हस्पिटलले दिमागको नसा काटेको आशंका

२२ असार, बैतडी । कैलालीको अत्तरिया हस्पिटलमा मुटुको शल्यक्रिया गरेका बैतडीको पाटन नगरपालिका–६ का हेमन्त भण्डारीलाई अस्पतालले अचेत अवस्थामै डिस्चार्ज गरेको छ । अत्तरिया हस्पिटलले गरेको पहिलो शल्यक्रियामा समान्य अवस्थामा रहेका उनी केही घण्टामा बेहोस् भएका थिए ।

अस्पतालकै आईसीयूमा बेहोस् भएपनि समयमै उपचार नपाएका भण्डारीलाई अचेत अवस्थामा भारतको रुद्रपुर लगिएको थियो । मेडिसिटी हस्पिटलले अचेत अवस्थामा स्थिर रहेको भण्डारीको स्वास्थ्य सुधान नहुने भन्दै डिस्चार्ज गरेर घर फर्काएको छ ।

उनलाई अचेत अवस्थामै पाटनस्थित घरमा पुगाइएको छ । रुद्रपुरका चिकित्सकले भण्डारीको मुुटुको चाल ठीक भएपनि शल्यक्रियाका क्रममा अत्तरिया हस्पिटलका कर्मचारीले ब्रेनको नसा काटिदिएको आशंका व्यक्त गरेको परिवारले जनाएको छ ।

जसका कारण मस्तिष्कमा रगतको सञ्चार नभएकाले भण्डारी अचेत बनेको डाक्टरको भनाइ रहेको उनका आफन्त चमन भण्डारीले बताए । मुटुबाट मस्तिष्कमा रगत सञ्चार हुने नशा काटिएपछि सुकेको अवस्थामा रहेकाले स्वास्थ्य सुधार नहुने भएकाले खर्च नगर्न भनी चिकित्सकले फर्काएका हुन् ।

मुटुका समस्या लिएर समान्य अवस्थामै अत्तरिया हस्पिटल पुगेका भण्डारीको शल्यक्रियापछि समस्या आएको थियो । अत्तरिया हस्पिटलकै लापरवाहीले भण्डारी जीवन मरणको दोसाधमा पुगेको भन्दै उनको परिवारले कानुनी उपचार खोज्ने जनाएको छ ।

स्रोत : press Patra

करेन्ट र लाली चाउचाउ तथा क्र्याकर बिस्कुट स्वास्थ्यका लागि अहितकर पाइयो, बजारबाट फिर्ता गर्न निर्देशन
करेन्ट र लाली चाउचाउ तथा क्र्याकर बिस्कुट स्वास्थ्यका लागि अहितकर पाइयो, बजारबाट फिर्ता गर्न निर्देशन
“डा. संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्रीमा नियुक्त”
“डा. संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्रीमा नियुक्त”
डा.रुइत भेट्न तिलगंगा पुगिन् प्रधानमन्त्री कार्की,रुइतले भने–बिरामी छाडेर मन्त्रीमा आउँदैन
डा.रुइत भेट्न तिलगंगा पुगिन् प्रधानमन्त्री कार्की,रुइतले भने–बिरामी छाडेर मन्त्रीमा आउँदैन

अर्थतन्त्र

पेट्रोल र डिजेलको मूल्य घट्यो, हवाई इन्धन र ग्यासको भाउ बढ्यो
पेट्रोल र डिजेलको मूल्य घट्यो, हवाई इन्धन र ग्यासको भाउ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्य अनुसार अब पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा  र डिजेल–मट्टितेलको मूल्य २२२.५० रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एल.पी. ग्यासको मूल्य भने बढाएको छ । हवाई इन्धन (आन्तरिक) तर्फ प्रति लिटर ७ रुपैयाँले वृद्धि हुँदा अन्तर्राष्ट्रियतर्फ काठमाडाैँकाे लागि प्रति किलाेलिटर अमेरिकि डलर ४६ बढाइएकाे छ भने एल.पी. ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले बढेको छ । समायोजन पछि अब पुरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको छ ।

अर्थमन्त्री डा.वाग्लेको बोल्ड निर्णय, सरकारी कर्मचारीको इन्धन सुविधामा भारी कटौती
अर्थमन्त्री डा.वाग्लेको बोल्ड निर्णय, सरकारी कर्मचारीको इन्धन सुविधामा भारी कटौती

ताजा समाचार

सुदूरपश्चिमसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना,१६ जिल्लामा बाढीको खतरा

आज (सोमबार) पनि देशका विभिन्न स्थानमा वर्षा र हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपण यस्तो छ: दिउँसो : देशका हिमाली…

बैतडीका स्वास्थ्यकर्मी भण्डारी अचेत अवस्थामै डिस्चार्ज,अत्तरिया हस्पिटलले दिमागको नसा काटेको आशंका

२२ असार, बैतडी । कैलालीको अत्तरिया हस्पिटलमा मुटुको शल्यक्रिया गरेका बैतडीको पाटन नगरपालिका–६ का हेमन्त भण्डारीलाई अस्पतालले अचेत अवस्थामै डिस्चार्ज गरेको छ । अत्तरिया हस्पिटलले गरेको पहिलो शल्यक्रियामा समान्य अवस्थामा…

बैतडीको गैराखानमा बस दुर्घटना १७ जना घाइते २ जनाको अवस्था गम्भीर

१९ असार, बैतडी । बैतडीको पाटन नगरपालिका-९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।…

इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, कुन रुटमा कति ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । १७ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको…

पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको १०० रूपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमन भारी गिरावट आएको छ । आजै मध्यराति देखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रूपैयाँ, डिजेल र मट्टीतेलको ३०…